निकेश बराल 'भतिज'
काठमाडौं । आठ महिना बितिसकेछ म काठमाडौं छिरेको । नयाँ ठाँउ, नयाँ मान्छे, नयाँ साथिभाई । नयाँ जोस र उमंग त पक्कै लिएर आइको थिए । जीउन सिक्नु थियो यो, अन्जान सहरमा । किनकी मैलै सोचेको भन्दा बिल्कुलै फरक निक्लिदियो, यो सहर । दिनमा ढल्ने अनि रातमा जाग्नेहरुको सहर, मत्लबीहरुको सहर । मेरो काठमाडौं सहर । मेरो ? खै कँहाबाट आयो यो ‘मेरो’ भन्ने शब्द यहाँ। यहि त छ एउटा बानी, कमजोरी भनौ या खुबी । यो खुट्याउन म सक्दिनँ । जहाँ पुग्यो त्यही ठाउँ आफ्नै जस्तो लाग्छ ।
सबैलाई नयाँ साल लग्यो, तर मेरो भने खास कुनै प्लान थिएन, गरीहाल्नको लागी । कलेजका सथिहरु बिहानै बौद्ध तिर घुम्न गएछन् । खबर त आउँदै थियो तर कुनै चासो नदेखाएपछि उनिहरुले पनि ढिप्पि गरेनन् । अफिस पनि जानु थियो । बिहानको खाना खएर यसो फ्रेस भएँ अनि झोलामा ल्याप्टप बोकेर हिँडे, अफिस तिर। अफिमा पनि खासै काम भएन अरुबेला ८ बजेसम्म हुने डिउटि नयाँ वर्षको पहिलो दिन भएकाले ४ बजे नै सबैजना अफिसबाट निस्कने भयौँ । सिधै होस्टल पुगें ।
अब न काम, थियो न कुनै प्लान । होस्टलमा कति बस्नु एक्लै कोठामा, बोल्ने रुममेट पनि कोहि थिएन । बोर फिल भईरहेको थियो, बाहिर निस्कन मन लाग्यो । पल्लो रुमको एकजाना भाईलाई भने ‘बाहिर निस्किम कतै डुलेर आउं ‘। उस्को परिक्षा चल्दै रहेछ । जान मानेन । एक्लै लर्किए,पशुपति तिर । होस्टलबाट पशुपति त्यस्तै २५ मिनेटको बाटो हो । गाडि चड्न मन लागेन सम्झदै दिक्क लाग्दो, ठाउँ–ठाउँको जाम अनि भिड पनि उस्तै । हिँड्दै जाने सोच आयो । पशुपति अल्छि लाग्दा गइरहने ठाउँ भएकोले भित्रि बाटोहरु पत्ता लाईसकेको थिए । भीमसेनगोलाको पूल हुँदै तिलगंगा तिरबाट पशुपति छिरें । आर्यघाट अगाडीको पूलमा गएर उभिएं ।तीनवटा लाशहरु रहेछन्, दुईवटा जल्दै गरेका, एउटा चिता चढ्ने प्रतिक्षामा । लाशहरुलाई हेरेर एकछिन मान्छेको जीवन बारे कल्पिएं । दिक्क लागेर आयो । धेरै सोचिरहन पनि मन लागेन । त्यहाँबाट उकालो लागें ।
सिंढीहरु गन्ने जाँगर चल्यो । एक, दुई, तिन, चार गन्दै अगाडी बढें, पाईला भनौ या सिंढी । मनमा त्यही आर्यघाटको दृष्यहरु घुमिरह्यो । पछाडि फर्किएर हेरे धुवाँ बनेका मानब शरीरहरू। आलश्य लाग्यो । बिस्तारै बिस्तारै उकालो चढें । सिंढी गन्न भुलिसकेको रहेछु । माथि पुगेपछि एउटा क्याफेमा छिरें । ‘दाई चिया बनाईदिनुस् न’, ‘मिल्क टि है रङ्ग कडा’ । एकछिन क्याफेबाटै बाँदरहरुको चर्तिकला हेरीरहेको थिएँ । अचानक पछाडीबाट आबाज आयो ‘हेल्लो बराल जी’ । झसँङ्ग भएं, को आयो मलाई बोलाउन, यो मृगस्थली डाँडामा ? ‘ओहो ऋतु जी ! तपाई पो ? कहिलेदेखि हो, काठमाडौ ?’ तपाई ? तँ–तँ र म–म चल्ने मान्छेलाई काँहाबाट तपाई भनेछु । भनिसके पछिमात्र याद भयो । तपाई भन्दा सायद उ पनि अचम्ममा परी होली । एकछिन अलमल परी । ‘भयो एक हप्ता जती । अनि तपाई चै नि ?’ लौ पर्यो फसाद । उस्ले तिमी भन्छे र सम्बोधनमा हतारोमा थपिएको आदर घटाउंला भनेर बनाएको योजना गर्भ मै तुहियो। उसले पनि तपाई नै भनी । ‘म त यतै तिर छु । भयो होला लगभग एक वर्ष ।’ वास्तविकता ओकल्नु थिएन, लगभगले नै काम चलाईदिएँ । ‘ए ए, भनेपछि बसाई सर्नुभएछ ।’ ‘मान्छेहरु मनबाटै त बसाँई सर्न पछि हटेनन् । म त ठाउँ मात्र सरेको हुँ । चिया मगाउँ ?’ भैगो चिया भर्खरै पिएँ, तर अझै भुल्नुभएको छैन ?’ ‘तिम्रो जस्तो कठोर मन हो र,भुल्नलाई।’ भन्न मन थियो । तर, कुरा मोड्न मन लाग्यो । अनि उस्को प्रश्नमा प्रतिप्रश्न गदै सोधें , ‘कती कामले आउनुभयो काठमाडौं ?’ ‘खासै केहि थिएन,धरायसी कामले आएकि थिएँ । भोलि बेलुका फर्किन्छु ।’
उफ ! म भन्दा हरेक कदममा अगाडि जानुपर्ने उस्को बानि अझै छुटेको रहेनछ । अब कहिले फर्कने भनेर सोधौला सोचेको थिएँ , प्रश्न नसोधी उत्तर आयो । अब के सोधौं अलमलमा परें । ‘फेसबुक स्टाटस त निकै हाल्नुहुन्छ त आजभोलि कतै प्रेममा त पर्नुभा होईन ?’ सायद मेरो मौनतालाई बुझेर उसैले कुरा अगाडी बढाई । ‘हजुर !’ उस्को अप्रत्यासित प्रश्नले म अलमलमा परें । दुई वर्षदेखि सम्पर्कविहिन मान्छेले फेसबुक स्टाटसको कुरा कोट्याउँछ भने अचम्म त लाग्छ नै । ‘प्रेम गर्न थालेको छु शब्दहरुलाई, त्यसैले त मेरो स्टाटसमा आउँछन् ।’ ‘कथा या उपन्यास नै किन लेख्नुहुन्न ?’ ‘राम्रै स्टोरी मनमा फुर्यो भने लेखौला कुनै दिन त्यो पनि ।’ ‘मेरो कथा लेख्नुहोस् न त ।’ ‘कसरी लेखौ आफ्नै बर्बादिको कथा ?’ ‘मैले त्यसो भनेकी छु र ? त्यही कथामा कसैको बाध्यता लुकेको हुन सक्दैन ?’
जसको फुइँ लगाएँ तिनले मलाई साथ दिएनन् । आखिर निशब्द भएर मौनता साधें । त्यहाँबाट भाग्न मन लाग्यो । तर उठिहाल्न पनि सकिन । वेटर तिर हेर्दै सोधें ‘दाई कति भयो पैसा ?’ वेटरलाई इशारा गर्दै टेबलमा पैसा राखि दिएँ । ‘ऋतु अब छुटौ होला । कता जानुहुन्छ तपाई ?’ ‘म एकछीन यतै बस्छु । बरु हजुरको सम्पर्क नम्बर दिन मिल्दैन ?’ ‘फेसबुक स्टाटस पढ्न सक्नेलाई सम्पर्कको लागी मोबाइल नम्बर सायदै नचाहिएला ।’ कति चाँडो मुखबाट फुत्किएछ । भनिसकेपछि पछुतो लाग्यो । उस्को पनि केही प्रतिकृया आएन । बस टाउको मात्र हल्लियो ।
साँझ पर्न थालेको थियो । ठाँउ ठाँउमा कन्सर्ट देखिन्थियो । सबै नयाँ बर्षलाई स्वागत गर्न तम्सिएका थिए । मलाई त्यो सबै कुराले कुनै प्रभाव पार्न सकेन, लोभ्याएन । खै कता–कता के गुमाएको जस्तो । बाटो भरी उसैलाई सम्झदै हिँडिरहें । अनेकौ कुराहरु मनमा आए । यदि उस्को बाध्यता थियो भने मलाई किन भनिन । हाम्रो प्रेमलाई नै लत्याउनु पर्ने के थियो उस्को बाध्यता । उस्को मन र नाम सायद मिलेको रहेछ ‘ऋतु’ समयसँगै परिवर्तन भईरहने । मनले यही निष्कर्ष निकाल्यो ।
होस्टल पुगें । बेलुकाको खाना खानेबेला भएको रहेछ । ‘खान मन छैन, बाहिरै खाएर आएको’ भनिदिएँ । कोठमा गएर ओछ्यानमा पल्टिए । ल्यापटप निकालेर फेसबुक खोलें । उसलाई खोज्नु थियो । धेरै पहिलेदेखि डिएक्टिभ गरेको फेस्बुक अकाउन्ट फेरी एक्टिभ गरेकिरैछ । हरियो थोप्लो बलेको छ कि भनेर हेरिहेरें । दुई दिन अगाडीदेखि बन्द छ । उस्का फेसबुकका भित्ता, कुना सबै निहालें । कुनै नयाँ पोष्ट थिएन । सबै पुराना, डिएक्टिभ हुनुभन्दा आगडीका । पुरानै भएपनि सबै फोटोहरु हेरें फेरी एकपटक । अघि निक्कै खस्रा कुरा गरेर कठोर देखिएको म अब उसैसँग बोल्न अतुर थिएँ ।
अपेक्षा फेरिपनि उही थियो, उसैले बोलाई दियोस् । उस्को प्रोफायलमा हरियो थोप्लो बलिदियोस् । भनिदियोस्, ‘निकेश के गर्दैछौ ?’ बस्, फेरी साइनो जोड्न के गर्नुपर्छ, जे भन्नु पर्छ त्यसको लागि म तयार थिएँ । प्रतिक्षामा छु, मेरो ईनबक्समा रातो बत्ती बलीदियोस्, उसैको म्यासेजले ।

No comments:
Post a Comment