निकेश बराल 'भतिज'

विबाहमा बोल्न अनि बोलाउन, अक्सर आफ्ना उमेरका कटिहरुको हकमा लागु हुने साईनो बान्दो रहेछ सोल्टिनी । हुन त विबाहमा जन्ती आउको संख्या सानो थिएन । पहिलो नजर उसैमा गएर अडियो । स्वयंबरको स्टेजमा बेहुलाको छेउमा उभिएकी उनि फिक्का हरियो रंगको सडिमा सजिएकि थिईन । निक्कै मिहेनतले सजाएको देखिन्थीयो उनको कपाल । चटक्क मिलेको जिउडाल न मोटी न लुरी । समग्रमा भन्नु पर्दा राम्री, मनलाई काउकुती लागउने खालकी । हलुका मात्र गरेको उसको मेकअपमा पनि मेरो आँखाहरुलाइ बिझाएको भने पक्कै हैन् ।

बिवाहको अघिल्लो दिन नै मेरो र बिदुरको जिम्मामा परेको थियो स्वयंवरको स्टेज सजाउने काम, त्यही त हो औरेजि छाँट्नेहरुको लागि डेकोरेसन । आफुले जानेको भन्दा केहि बढि नै दिन नखोजेका पनि हैन् काममा । कमसेकम जन्तीलाई देखाउनकै लागी पनि राम्रो त देखाउनै पर्यो । जाने सम्मकै गरियो । कम गर्न सघाउने भन्दा पनि गरिसेपछि यस्तो भएन र उस्तो गरेको भए हुनेथियो भन्नेहरु पनि नदेखिएका कहाँ हुन र । 
विबाह भने पछि हाम्रो ध्यान केटि मै थियो । न होस पनि त कसिरी उमेरको मागलाई टारेर टर्ने वाला कहाँ पो छ र ? हेर्नको लागि आँखा । सोच्नको लागि मगज । अनि प्रेमको प्यासलाई घरि–घरि बिउँत्याउने मनका ईच्छा उमेरसँगै बढ्दै गएका छन् । 
जन्तीको गाँई–गुँई सुनिने बित्किै केटाहरुले प्रि प्लान सहित भन्दै थिए एउटि सोल्टिनीलाई त सके मायाँ न सकेपनि आँखा त लाएरै छाडिन्छ । म पनि हो मा हो लागाउन पछि पर्ने वाला कहाँ पो थिए र । 
विबाहको त्यो माहोलमा केटाहरुको कुराले मलाई सुविन भट्टराईले लेखेको उपन्यास मन्शुनको झल्यास्स याद आयो । शुभान र सुन्दरेको पनि यस्तै प्लान थियो रामेश्वरको बिवाहमा एउटि केटि पट्याएरै छाड्ने ।
उसलाई देखेपछि बिदुरलाई सोधे ‘कस्ती छ ?’
‘ठिकै छ, खास्सै राम्री हैन् ।’
उसको कुरा सुनेपछि मन मनै भने ठिकै भिनस् दुईटैलाई मनपर्यो भने साथि–साथिमै थानथाप हुने थियो । मन ढुक्क भयो । अब कमसेकम त्यो अवस्था सृजना हुन त पाएन ।
बेहुलि पक्षको भएपछि भोजको भन्से बन्नु पर्ने स्थिति आईलाग्यो । त्यही बस्दा बस्दै सेल्फी लिने निहुमा ब्याक क्यामेरा बाट उसको फोटो आफ्नो मोवायलको ग्यालरीमा कैद गर्न समेत भ्याइसकेको थिए । ग्यालरी त निहु मात्र न हो कैद त मनमा गर्नु थियो उसलाई ।
हुन त विबाहमा आएका सोल्टिनीलाई जिस्काउन कुनै गाह्रो कुरा थिएन । अनि भईरहेको थियो त्यो पनि । केटाहरु यो मलाई र त्यो तँलाई भन्दै यसरि केटि भाग लाउँदै थिए कि मानौ केटिहरु कुनै पुर्खेउलि भौतिक सम्पती हुन । अनि त्यहाँ दाजुभाईमा सम्पतीको अंशबण्ड भईरहेको छ ।
मलाई कुनै कुराको मतलब थिएन मनले ठानेपछि ठान्यो ठान्यो । सुन्नु थिएन कसैको बकवास कुरा । सुन्छु त आफ्नौ सुन्छु । यस्तै निष्कर्ष निकालेर उ माथि कसैले धावा बोल्नु अगाडिनै म त्यहाँ बाट हिँडे । 
आँखाहरु घरि घरि नजुदेका पनि हैनन् । जुदिरहए, अनायासै । अन्जानमै । उसले मलाई हेरेकी हो वा फगत उसका नजर चलमालाएका हुन छुट्याउन सकिन । डुलाईरए आफ्ना नजरलाई उसैको अघि पछि , उ भित्रको सोचको सागरमा डुब्दै निशासिएर ।
केहिबेर पछि बुफरको आवाजले नाचौँ नाचाँै लाग्दो माहोल सृजना गरायो । बेहुलि पक्षकाहरु निकै देखिए नाच्ने ठाउँमा । अनि कराउन थाले कुनै जनआन्दोलमा बिद्रोहि पक्षले नारा लगाए जस्तै गरेर, जन्तीले हारे हारे । 
उनिहरु पनि हार्ने वाला कहाँ पो थिए र ? हुन पनि त्यति सजिलै हार स्विकर्न मन कसलाई पो लाग्दो हो ? आए केहि मान्छे सुरिएर खाल खालको नाच देखाउँदै । केहि त राम्रो नाचिरहेका थिए अनि थिए एक दुई खुट्टा हल्लाउँदा हात भुल्ने, अनि हात हल्लाउँदा खुट्टामा किला ठोकेको झै हुने । 
उनले हात अघि बढाईन मैले पनि बढाएँ । मेरो दाहिने हातमा उनको देब्रे हात थियो । अनि नाच्दै गरेको छरपस्ट मास क्षणमै गोलो घेरामा परिणत भयो । पूवेर्लि शैलिको दोहोरि गीतमा हुर्रा नाच चाँचियो । हुन त पूर्वि नेपालका तामाङ्ग समुदाको नाच हो हुर्रा तर जोकोहिले सजिलै भाका टिप्न सकिने ।
साह्रो नरम । कमला । साना । सुकिला । खेलाई रहुँ झै लाग्ने थिए उसका हात । अप्रत्यासित तर वास्तविक । विल्कुलै अनपेक्षित । सयद सम्योग पनि होला । त्यत्रो भिडमा उ मेरै हात पकड्न आईपुग्नु । तैट ! जिरिङ्ग भयो जिउ पनि ।
त्यसपछि, 
निकटता बढ्यो । बोल्ने वातावरण सृजना भयो । परिचय गरियो । उसले म तिर पुलुक्क हेदै भनि आउनु नाचै । हिन्दी गीत बज्दै थियो । तु…. तु … तु मेरी …. मे तेरा होने लगा । धत् गित पनि । काउकुति लगाउने खाल्को । अझ काउकुति लगाउने कुरा त के थियो भने गीतले तु .. तु भनिरहँदा उसका दुवै हातका चारी औला म तिर फर्किएर उफ्रि रहेका हुन्थिए ।
नाचिसेपनि बसेर गफ सुरु हुन थाले । उमेरको हिसाब निकाले । म भन्दा ३९ दिन मात्रै कान्छी रहिछन । मन मनै सोचँ चलेगा क्या ? फेरी आफ्नै मनलाई भने, तैट दौडिएगा ।
कुाराहरु केलाईरहए । गफ लम्बिदै थियो । गफै गफमा मनको लड्ड् प्वाट्टै फुट्यो । खल्लो लाग्यो सबै कुरा । मनका चाहानालाई कच्याक कुचुक परिदिए । बाध्यता आईलाग्यो । एउटा सामाजीक बाध्यता । समाजलाई अपच हुने कुरो । जात–पात र गोत्र–मावली कानि के के हो । एउटा पर्खाल खडा भयो मेरो अगाडि । 
थुक्क मेरो जिन्दगी । हिस्स बुढी खिस्स दाँत । आफैलाई लोप्पा दिए । सोल्टिनीको साईनो खोसियो । उकालोमा लगेर स्टाट गरेको बाईक जस्तै पछाडी चिप्लियो हाम्रो सोल्टी–सोल्टिनीको सम्बन्दको कुञ्जो । अब अपेक्ष त्यही छ वास्तविक सम्बन्धमा बिल्कुलै पूर्ण विराम लाग्ने छैन् । रुक्ने छैनन हाम्रा सँबादहरु । निरन्तर बगिरहने छन् छाल पनेर नदिको बेगमा ।
प्रेम गरेर हुँदैन । आनि हँदा भने पत्तो सम्म पनि पाइन्दैन । जो आफ्नो लागि हुँदैन उसैको लागि मनमा पुष्प गुच्छा मौलाईदिन्छ । उसैको समिप्यमा गएर नजरहरु फ्रिज भईदिन्छन् । मुटु जोड जोडले धड्किदिन्छ । अनि आफ्ना लागि आएकोहरुको सुईको समेत पाईदैन । उनिहरुको लागि मनमा पुष्प गुच्छा टुसाउँदैन । उसको समिप्यमा नजर पुग्दैन । मुटुले रफ्तार पनि बढाउँदैन । 
––––––––––––––––––––––––––––––––––––––––––
परिवेश विबाहको । अनि समय हिजोआजकै । वास्तवीक पात्र ।  साथिको दिदिको विबाह । अनि दिदी साथिको मात्रै हैन मेरो आफ्नै पनि हो । हँसिली, मिलनसार अनि त्यसमा पनि अलिअलि हाँसी मजाक गर्ने उहाँको बानि । बोल्दै जाँदा दिदी कम साथि ज्यादा महशुस गराउनुहुन्छ उहाँ । दिदिलाई वैवाहिक जिवनको अरबौ–खरबौ शुभकामना ।
––––––––––––––––––––––––––––––––––––
(कथालेख्दै जाँदा मनमा जे आयो त्यही लेखेको हुँ त्यसमा मेरो के गल्ति । कसैले फुर्किने, उफ्रिने, ठुँस्किने, रिसाउने, कराउने काम नगरे हुन्छ भन्दिया छु ।)

कथा– लाटी केटी (भाग–२)


निकेश बराल 'भतिज'

 
‘ओए मरेउ अब ।
‘के गरेको यस्तो ।’
‘पढ्दैछु म पख् तिमीलाई ।’
‘अझै नाम पनि लेखिदीएको भए हुन्थियो नि ।’
–––––––––––––––––––––––––
लाटी केटी पोष्ट गरेको दश मिनेट पनि भएको थिएन । तिम्रोको चार वटा म्यासेस आईसकेको रहेछ । म्यासेज सिन गरे । तिमी सप्र्रइज भएको देखेर खुशि लाग्यो । तर कता काता भित्र मुटुको छेउमा एक्कसी चिसो पनि पस्यो । प्रकृतिलाई कुहिरोले छोपेर हैन । मनमा प्रश्न उठेर । कतै तिमी रिसाएकी त हैन ? सोचेँ, ह्या हैन, तिमी रिउँदीनौ नि कहिलै ।
––––––––––––––––––––––––
म्यासेज पढेँ । अनि लेखेर पठाई दिए । 
‘साँच्चै लेखिदीम त नाम ?’
‘मार्छु तिमीलाई लेख्यौ भने त ।’ वाण हो कि यो तिम्रो उत्तर छुट्याउन सकिन ।
‘अनि भनन् त कस्तो लाग्यो हाम्रो कथा ?’ 
म भन्दा पहिले आफै भित्रको उत्सुक्ताले भरिएको शब्दहरु म्यासेज बक्समा आएर मलाई गिज्याउन थाले । लाज पनि लागेर आयो तिनै शब्दहरु देखी । तैट शब्दहरुसँग पनि डराएर हुन्छ र ? मन मनै सोचेँ । अनि मुहारमा लाज देखिनु अघिनै सेन्ट वटम दवाईदिए ।
‘पर्ख न त पढ्दै छु । एकछिनमा भन्छु तिमीलाई ।’ तिम्रो त्यो म्यासेज आएपछि प्रतिक्षाको विकल्प कहाँ थियो र म सँग । गरिरहएँ प्रतिक्षा ।् तिम्रो म्यासेजको । गरे, गरे अनि फेरी गरिनै रहँए । निकै लामो समय सम्म तिम्रो म्यासेज आएन नि लाटी केटि । 
अब मलाई डर लाग्नु स्वाभाविक हैन र लाटी ? तिमी त बोलीनौ नि । थाहा थिएन किन बोलेनौ तिमी । निक्कै समय सोच्दा पनि मनमा एउटै उत्तर आयो । तिमी रिसायौ । हो मलाई पहिलो पल्ट लाग्यो तिमी पक्कै रिसाएकी छौ मसँग । तिमीलाई थाहा नै नदिई कथा लेख्ने जमर्को जो गरेको थिए । सायद यसो गर्नु मेरो भुल भयो । 
एक पटक फेसबुक खोलेर हेरे तिमी त अफ भईसकेकी रहेछौ । फेरी मोवायलको ईन्बक्समा पुगे म्यासेज आउने छाँटकाँट थिएन । अनि फेसबुकमा जस्तो एक्टिभ नाउ पनि देखाउँदैन नि । पुराना म्यासेज पढ्न थाले एक एक गरेर । तिमी सँग बोलेका त्यी सबै म्यासेजहरु बेकार लाग्यो, अनि यो पनि लाग्यो बेकार लेखेछु कथा । नलेखेको भए त यो सबै हुने थिएन नि । तिमी म सँग बोलिनै रहने थियौ ।
फरी एक मनले सोचे म त लेख्न कै लागि हुँ । लेख्नुमा मेरो पागलपन लुकेको छ । लेखेर नै मलाई सन्तुष्टि मिल्छ । मलाई शब्दहरु सँग खेल्ने गतिलो आदन नै बनिसकेको छ । यो सबैले मलाई नयाँ जोस दिन्छ । एउटा अनौठो उर्जा मिल्छ । म आफ्ना भावना, कल्पना, चाहाना, बहाना, ईच्छा, आकंक्षा, अनि सपनाहरुलाई मनमा दबाएर राख्न सक्दीन । अनि त्यि सबै त्यसको लागी पनि त हैन नि । हैन र ? म खुल्ला छाड्न चाहान्छु मेरा मनसपटलमा सलबलाएका हर एक चिजहरुलाई । उतार्न चाहान्छु शब्दहरुमा अनि दुनियाँलाई देखाउनुमै मलाई असाध्या मज्जा लाग्छ । सन्तुष्टि मिल्छ ।
तर यो सबैमा तिमीलाई मज्जा आएन । शब्दहरुलाई तिमीले बुझेनौ । तिमीलाई कुनै मतलब लागेन यो कथामा । मनले अनगिन्ती कुराहरु खेलायो । अनि केलाउँदै थिए म आफै आफ्नै मनले गरेको तिमी प्रतिको यि सबै बिष्लेषणहरुलाई । अचानक मोबाउलमा भाईब्रेट आयो । तिम्रै म्यासेज आएको रहेछ ।
तिमी ले त मलाई छिनमै गलत साबित गरिदीयो नि लाटी केटि । मेरो मनले गरेका सबै विष्लेषणहरुलाई हराईदियौ तिमीले अझ भनौन मलाई पनि हराईदियो । तर म यो हारमा पनि खुशी भए । आठमा मुस्कान अनि आँखामा आँशु एकै चोटि आयो । सोचेँ पहिलो पटक हारेर पनि हाँस्दैछु म । हार्दा पनि सन्तुष्टी मिल्दोरहेछ । अनि सन्तुष्टी नमिलोस पनि त किन जब हार पनि आफ्नै पक्षमा भईदिन्छ भने । जब एउटा सानो हारको पछाडी अर्को भ्यँकर जित लुकेको हुन्छ भने ।
‘मलाई स्टोरी सह्रै मनपर्यो नि पग्लु । अनि थाहा छ ? मैले एघार पटक पढेको ऐले ।’ तिम्रो यस्तो म्यासेज पढेपछि म सायदै खुशि नभई रहन सक्थे लटी । अपेक्ष भन्दा फरक पाएँ । अब के भन्नु र मैले ? खिन्न भएको भएको मन एकासी फुर्किदा मैले बोल्ने गतिलो शब्दहरुनै पाईन । के भनौ भनौ ?
‘कस्तो लाग्यो सप्र्रइज ?’ मनमा जे आयो त्यही लेखेर ठेलिदीए ।
‘मलाई मनपर्यो ।’
––––––––––––––––––––––––
तिमी आज भोली मसँग दोहोरी नै खेल्ने भएकी छौ । थाहा छ तिमीलाई चर दिनमा बोलेका एस्एमएस् पनि तीन हजार नाघिसकेका छन् नि । म तिमीलाई धेरै नै जिस्काउँछु है । तिमी भविष्को बारेमा केही भन्यो भने भन्छौ  नि फ्युचर कस्ले देखेको छ र ? भन्न त म पनि भन्छु यही कुरा तिमीलाई पनि । सँच्चै नै भविष्य देख्न सकिदैन तर सकिन्छ भबिष्यको बारेमा कल्पन अनि सोच्न कि म यस्तो गर्नेछु । विगत र वर्तमानको आधारमा भबिष्यको काल्पनिक आकृती सजाउन सकिन्छ । अनेकौ सपनका देख्न सकिन्छ भबिष्यलाई सोचेर तर पनि भबिष्य कस्ले देखेको छ र ? अनि सोचेको जस्तो भविष्य पनि कमैकै भईदिन्छ ।
‘मैले सबै सम्झिदै लेखेको पो त यो कथा । याद छ तिमीलाई पहिलो पटक मैले तिमीलाई हेर्दै गर्दा लजाएर नजरहरु भुँई तिर मोडेको ?’ मैले भने ।
‘उम याद छ पग्लु मलाई कस्तो मन पर्यो पो त ।’
‘के मनपयो लाटी केटि ?’
‘लेखेको नि के र अरु ।’
‘अनि लेख्ने मान्छे नि ।’ म फेरी जिस्काउन थाले ।
‘लेख्ने मान्छे पनि ।’
‘हा हा मैले भबिष्य देखे ।’
‘चपु छुच्चो । मैले त्यस्तो भनेको हो र ?’ 
‘मैले जिस्काई दिएको नि लाटी ।’
‘जिस्काउ जिस्काउ ऐले । कुनै दिन सँच्चैको भन्ने दिन आउँछ अनि थाहा पाउँछौ पाग्ले ।’
‘सँच्चैको मतलब बुझिन नि ?’ मैले प्रश्न तेर्सियाए ।
‘फेरी पढ्न बुझ्छौ ।’
‘पाँच पटक पढे अँह बुझिन ।’
‘ऐले जिस्काउ मलाई पछि साँच्चै नजिस्काई भन्ने दिन आयो भने के गर्छौ ?’
तिमीले के भन्न खोजेको हो अँह मैले बुभ्दै बुझिन । बारम्बार दोहोरियाएर पढे र पनि पिटिक्कै बुझिन । मैले बुझन नचाहेको पनि हुँदैहैन । म यो कथा पढिने पाठकलाई पनि सोध्न चाहान्छु । ‘तपाई पढ्दै हुनुहुन्छ नि यो कथा एले के तपाईले बुझ्नुभयो त ? ’ बुझ्नुभयो भने भनिनुस है । हो मैले त चाहेर पनि सकिन बुझ्न । सोचे के चलिरहेको छ तिम्रो मनमा । तर सोच्च सक्ने खुबि पनि ममा कहाँ पो छ र । कहिलेकहिँ आफ्नै मन बुझन नसकेर रनभुल्ल पर्नुपर्छ म त अरुको मन बुझ्ने प्रयास गर्दैथिए । 
अरु ? प्रश्न उठ्छ मनमा । तिमी मेरो लागि अरु नै हौ त ? अनि झल्यास्स तिमीले मलाई सोधेको एउटा प्रश्न पनि सम्झिन्छु । तिमीले कुनै प्रशंगमा मलाई अरु भन्दा मैले भनेको थिए । 
‘म अरु हो र ?’ मैले सोधेको पनि थिए । 
‘अनि को हौ त तिमी मेरो ?’ तिम्रो प्रति प्रश्न जसको उत्तर मैले सोचेर भन्छु भनेको थिए । तर खै ऐले सम्म भन्न सकेको छैन । भन्न नचाहेको पनि हैन नि लाटी मैले । र पनि खै मैले उत्तर पाईन । साह्रै नै जटिल प्रश्न सोध्यो क्यार तिमीले मलाई । नहोला जो कोहिलाई जटिल यो प्रश्न, कमसेकम मेरो लागि त छ । 
‘को हुँ म तिम्रो ?’ प्रश्न आफैलाई गर्छु । अनि फगत दौडन्छु यो अनपेक्षित प्रश्नको उत्तर खोज्न । लम्कन्छु म उत्तर खोज्न हिमालका चुचुरा सम्म । निमेष भरमै मनले सगर पनि छिचोल्छ । खै कहाँ पाए र उत्तर । तर पनि म थाक्ने वाला छैन । म दौडन्छु, लम्कन्छु, सोच्छु, डुब्छु, तैरन्छु अनि पौड्न्छु । हो लड्छु तर फेरी पनि उठेपछि रुक्ने वाला म कहाँ पो छु र । हो म यो सबै त्यहि प्रश्नको उत्तर खोज्न गरिरहेको छु । अन्तत् ः म आफ्नो बिस्तरमा पल्टन्छु अनि सोच्दा सोच्दै थाहै नपाई निदाईदिन्छु ।
––––––––––––––––––––––––
‘हामी भेटौन हुन्न ?’ तिमीले त मेरो मनकै कुरा भनिदीयौ नि लाटी । मलाई पनि त्यस्तै भएको थियो । तिमीलाई भेट्न भन्दा पनि देख्न आतुर भएको थिए । 
मुसुक्क हाँस्दैै तिमीलाई नै सोध्छु । ‘कहाँ भट््ने लाटी केटी ?’
‘कलेज चाँडै आउन भोली हुन्न र ?’ 
‘कतिबेला आउनु नि ?’ प्रश्नको जवाफ प्रश्नले नै पनि दिँदोरहेछ । मैले पहिलो पटक महशुस गरे ।
‘आधा घण्टा जति चाँडो हुँदैन र ?’
‘साढे पाँच मै ?’
‘किन मिल्दैन र ?’ सायद मैले पछाडि जोडेको मै शब्दको प्रभाव हुनु पर्छ यो ।
‘हुन्छ म आउँछु ।’
‘हस् पग्लु ।’
‘हामी म्यासेजमा मात्र बोल्छौ है । यो त पहिलो पटक हो नि फोनमा बोलेको ?’ मैले उसलाई प्रश्न गरे ।
हा हा हिजोको ६८ मिनेट लामो भिडीयो कल चाँही के हो नि ? गिज्याई दियौ नि तिमीले त मलाई ।
‘त्यो त मैले बिर्सीए ।’ भनिदिए तर मैले बिर्सिएको भने बिल्कुलै हैन ६८ मिनेट २० सेकेण्ड पनि थियो ।
‘कुनै दिन मलाई पनि बिर्सीन्छौ होला पग्लु तिमीले । ’ 
म मन मनै भन्छु सायदै त्यस्तो हुन्छ होला ।
फोन काटियो ।
–––––––––––––––––––––––––
४ः४५ सधैको बेलाम मोवायलको आलरम बज्यो । स्नुज अप्सन दबाउनै लागेको थिए । तिमीलाई सम्झिए । ओहो चाँडै कलेज पो जानु छ आज त । जाडोको कुनै प्रवाह भएन । मन फुरुङ्ग थियो तिमीलाई देख्न पाउने सोचमा डुबेर । आँखा हरु पनि निकै चञ्चल भएका थिए । पक्कै तिम्रो अकृति देख्न पाउने भएर होला । आफैलाई प्रश्न गरे किन यस्तो भईरहेको छ मलाई ? म आफैलाई प्रश्न गर्नमा च्याम्पेन मान्छे । कहिलै थाक्दिन आफैसँग बोलेर ।  अरुको भन्दा बढि आफ्नै सुन्न मनपराउँछु ।
कोठाको बत्ति पनि नबाली मोवायलकै साहारमा वासरुम सम्म पुगे । धारबाट बेसिनमा तरर चुहिएको ट्याङ्किको चिसो पनिसँग पनि डर लागेन आज त । हतर हतर सबै नित्य कर्म सके ।  
कोठामा आएर बत्ति बाले । पनि पिउन लाग्दा हात गिलास झर्यो । खिन्रिङ्ङ …….ङ् …ङ्.. ङ् .ङ् । भाई बिउँझियो । ब्लाङ्केट बाट मुन्टो र सिराने मुनी बाट मोवाईल एकै पटक बाहिर निक्ल्यो । एउटा आँखा खोलेर मोवायलको स्क्रिनमा हेर्यो । म कलेज ड्रेस निकाल्दै थिए मलाई हेरेर भन्यो । आज त कलेज छुट्टि हैन ?
केहि नबोलि क्यालेन्डर हेरे । तैट हो त रैछ । कस्तो हुस्सु म पनि । अनि फेरी तिमीले मलाई फोन गरि गरि बोलाउनुको कारण ? कल लगमा जान्छु । कुनै कल नै आएको छैन त । यस्तो कसरि भयो । के भईरहेको छ यस्तो ?  कल लग डिलेट पनि त गरेको हैन मैले । सोचे सपना पो हो कि यो । ह्या म त सपना नै देख्दीन । देखिहाले भनेपनि यो सपना हो भन्ने हेक्का सपनामै हुन्छ । सपना पनि हैन । अब हो चाँही के त ?
फेरि बिस्तरमा पल्टिन्छु । गहिरो सोचमा डुब्छु । अघि पानि चलाउँदा नभएको चिसो अब हुन थाल्यो । जाडो जाडो अनुभब हुन थाल्छ । ब्लाङ्केट तानेर ओड्छु । तिमीलाई सम्झन्छु । यता छट्पटाउँछु । उता गुज्गुजाउँछु । फेरी कल लगमा गएर हेर्छु । जुरुक्क उठ्छु । ऐना अगाडि गएर उभिन्छु ।  उफ् ! सपना त अघिको पो रहेछ । तिम्रो फोन आएको सपना रहेछ । अनि तिमी साँग फोनमा बोलेको सपना रहेछ । तिमीले भेट्न बोलाएको त्यो पनि पो सपना नै रहेछ । तैट कति  लामो समय पछि सपना देखेछु । अनि कस्तो सपना देखेको मैले । सधै त सपना मै यो सपना हो भन्ने हेक्का पाएर भिरहरु खोजि खोजि हाम्फालेर उड्थे म । आज बिँउझिदा सम्म पनि पत्तै पाईन । त्यो त्यो कस्तो सपना देखिको हो मैले ?

​कथा—लाटी केटी

निकेश बराल 'भतिज'

समय कसरी बहकीएको थियो अनि उ सँग कसरी भेट भयो याद छैन । याद यति चाँही छ दशै र तिहारको बिचमा भने भेट भएको पक्का हो । त्यो पनि उहि सोसियल मिडीया, भनौन फेसबुकमा त हो नि ।
लागेको थिएन कुनै दिन उसँग यति नजीक भएर बोल्नेछु । हाई हेल्लो, सञ्चो बिसञ्चो, माम हाम कि नाई, अनि अक्सर सोधिने र बारम्बार दोहोरिने प्रश्न बन्यो के गर्दै छौ । यो भन्दा बढि के नै पो बोलिन्छ र एउटा अपरिचितसँग सोसियल मिडीयामा । उ अपरिचित नै थिई मसँग त्यो बेला ।
एउटा अपरिचितसँग जतिनै बोले पनि कुनै कुरा मनमा राख्ने बानि नै छैन मेरो, सम्झनै पर्यो भने म्यासेन्जर खोलेर मोबायलको स्क्रिन पुल गर्नुको बिकल्प छैन् । सरर स्क्रिन पुल गरेकै हुँ मैले एक पटक यो कथा लेख्नु अघि पनि ।
प्रशंग केहि समय अगाडिको, मैले कलेज ट्रान्सफर गर्ने कुरो गरेपछि उसले पनि सोहि कलेजमा पढ्ने भनेकी थिई । मैले भेट हुने भयो भन्दै म्यासेजसँगै टाँसेर हाँसेको ईमोजी ठेलिदिँदा उसले पनि लजाएको ईमोजि सँगै चिप्काएर भनेकि थिई ‘है’ 😄
ट्रान्सफर पनि भयो, पहिलो दिन उसले मलाई चिन्दा मैले उसलाई नचिनेको पनि पक्कै हो । सयद मैले याद पनि नगरेको हो कि ? बोल्नकै लागी के छ र सासियल मिडीयामा बोलिदीन्छु जोसँग पनि तर मेरो मनमा बस्न केहि खास हुनै पर्छ । यद होस पनि त कसरी सत्र सय माथि ईन्स्टा फलोअर्स, तीन हजार नघेका फेसबुक फ्रेण्ड, अनि त्यसमा पनि साढे चार हजार क्रस भएका मेरा प्यारा टुईटेगणहरु, म जस्तो सोसियल मिडीयाको किरोले कतिलाई सम्झियोस पनि ।
कलेज गएको दोस्रो दिन मात्रै चिने उसलाई । त्यो बेला पनि सायदै चिन्ने थिईन होला अरु कसैले उसलाई नाम लिएर नबोलाई दिइको भए । पुलुक्क हेरे, उसले पनि हेरिरहेकि रैछ आँखा जुध्न नपाउँदै मैले नजरहरु भुँईतिर मोडे, न रहरले न त मोड्नै पर्ने बाध्यता थियो । थियो त केबल म भित्र लाज ।
कलेजमा त्यती बोलिएको पनि हैन तर सोसियल मिडीयामा पनि हाई हेल्लो भन्ला बढि त उ कहाँ बोल्ने वाली थिई र उ । कहिलेकहीँ त रिस पनि नउठेको कहाँ हो र, कत्तिन मसँग बोल्दा बेग्लै डाटा प्याक लिनुपर्ने जस्ता । त्याही माथि वाईफाई रैछ घरमा एले थाहापाउँदै छु ।
हिजो आज निक्कै बोल्न थालेकि छ उ मसँग सोसियल मिडीयामा हैन डाईरेक्ट म्यासेजमा । एनसेलले पच्चिसको हजार जो दिएकै छ । डाटा तान्ने कस्ट किन पो गरिरहने । मैले सोधेको पनि थिए ‘तिमी एक्कासी यसरी म सँग किन बोल्न थालेकी ?’
‘तिम्रो यहि बोल्ने तरीका मनपरेर हो नि ।’ उसको उत्तर आयो ।
थाहा थिएन म आफैलाई कसरी बोलेको छु । उसको लगि भनेर गुगलमा खोजि खोजि बोल्ने तरिका परिवर्तन गरेको पनि त हैन मैले, त्यस्तै नै बोलेको छु जस्तो अरुसँग बोलीरहेको छु । फेरी पनि उसलाई के खास लाग्यो अनि के मन पर्यो ? उत्तर आफैसाँग कहाँ थियो र उसैलाई सोधे ‘कसरी बोले र म ?’
‘भन्छौ नि तिमी त्यो गरेकी, भनेकी, सुनेकी, पछाडि की लागए बोलेको मलाई एकदमै मनपर्यो ।’
‘साँच्चै भनेकी ।’ उसको कुुराले मख्ख पर्दै मैले लेखेर पठाईदिए ।
‘उम, म कहिलै झुट बोल्दीन ।’
‘त्यसो भए झुट नबोली तिम्रो फेसबुकको पसवोर्ड भन त । ’
‘पागल’
‘पागल हो पासवोर्ड ।😂 ’ यति भनेर म फेरी नहाँसी रहनै सकिन, बन्द कोठामा एक्लै हाँसी नै रहएँ ।
‘हैन । त्यस्तो नि हुन्छ त ?’ उ मलाई प्रति प्रश्न गदै थिई । मैले उसको कुरालाई नदेकखे झै गरेर फेरी लेखेँ ‘एउटा कुरा भनौ ?’
‘भन् ।’ उसको सोझो भाषको ठाडो जवाफ आयो र पनि उसको यो शब्द मलाई मन नपरेको भने बिल्कुलै हैन ।
भने ‘तिमीलाई थाहा छ संसारको सबै भन्दा ठूलो झुट के हो ?’
‘अहाँ थाहा छैन के हो ?’ उसको शब्दहरुमा मैले उत्सुक्ता देखेँ ।
अनि लेखे, ‘भनेको भएपो थाहा हुन्छ त 😂।’ लेखिसकेर ठेल्नै आँटेको थिए फेरी त्यसलाई मेटेर लेखे, ‘म कहिलै झुट बोल्दीन ।’ अनि सेन्ट वटम जोडले दवाईदिए ।
उसले बुझि वा बुझिन तर मलाई भने त्यही लाग्छ, जसले भन्दै हुन्छ नि म कहिलै झुट बोल्दीन भनेर, त्यो बेला नै उसको मुखबाट एउटा महान झुटको जन्म हुन्दै गरेको हुन्छ ।
झुट नबोल्ने को नै पो होला र ? अनि झुट नबोलिँदो हो त अप्रिल फस्ट के को लागि । अब एउटा झुट जोगाउन बोल्नै पर्यो अर्को झुट अनि अप्रिल फस्टले मात्रै कहाँ पुग्यो र ? अनि त नोबेम्बरमा पनि मनाउँदै हुन्छन त मान्छेहरु अप्रिल फुल । ह्या भयो छाडीदिऔँ यो झुटको खेति ।
सयद उसले बुझिन नै होली उ मौन थिई । उसको मौनतालाई चिर्दै मैले भने ‘तिमी त एक नम्बरकी झुटी । ’
‘मारिदीम’
‘मार्यौ भने त रोईदिन्छु ।’
‘मरेपछि कसरी रुन्छौ ।’
‘ए होत है बिर्सिएछु ।’
‘लाटा ! ’ लौ पर्यो फसाद उसले त एउटाको बदला दुईटा ईमोजी जोडेर पो जिस्काउन थालि ।
मलाई पनि उ सँग जिस्किएर पुगेकै थिएन घुर्की लगाएको जस्तै गरी लेखेर पठाएँ ‘जाउ तिमी नै लाटी ।’
‘नाई क्या तिमी नै लाटा ।’
उ पनि जिस्कीदिए पछि त मलाई के चाहियो र झन गिज्याईदिए । अनि भने ‘नाई तिमी नै लाटी हरे क्या ।’
‘चुप पागल ।’
‘म कसरी पागल ।’
‘म चाँही कसरी लाटी ।’
‘त्यो त बिर्सिए ।’
‘त्यस्तो पनि हुन्छ ?’
‘ऐले भएन र ? ’
‘खै ऐले सम्म त थाहा छैन थिएन त्यस्तो हुन्छ भनेर ।’
‘त्यही भएर त तिमी लाटी हो । ’ यो पटक भने मज्जले गिज्याईदिए उसलाई
रिसाएको ईमोजी चिप्काउँदै उसले म्यासेज ठेली । ‘तिमीलाई त नी … ’
‘के गर्छौ ।’ जिस्काएर मलाई पुग्ने वाल कहाँ थियो र ।
‘पिट्छु ।’
‘म त रोईदिन्छु ।’
‘अनि म चक्लेट किनिदीउँला नि । ’ उसले त मलाई छिनमै बच्चा पो बनाई ।
च्याट लम्बिएर कहाँ पुग्यो पुग्यो, यता नम्बर साटासाट भएको पनि दुई दिन मात्रै हुँदैछ त्यता पनि म्यासेज पुल गरेर स्टार्टिङ्गमा पुग्न धौ धौ नै पर्ने बेला हुनलाग्यो । खै किन किन म छोटो समयमा कसैसँग यति नजीक भईरहेको छु ? गर्छु प्रश्न आफैलाई अनि खोज्छु जवाफ निमेष भरमै जगत घुमेर, तर कतै मैले उत्तर पाएको छैन् । अनि मलाई थाहा छ जवाफ जगतसँग हैन उ सँग छ । तर सोध्ने जमर्को म गर्न सक्दीन ।
उसले पनि एक पटक मलाई भनेकि थिई ‘ओए पागल हामी यति धेरै बोल्छौ यो गलत त हैन ।‘ म हाँस्छु, मात्र हाँस्छु किनकी उसलाई दिनको लागी म सँग जवाफ कहाँ छ र ।
उ मलाई पगल भनेर बोलाउँछे । मलाई निक्कै अत्मिय लाग्छ उसले पागल भनेको, अरुले भनेको भए सायद म रिसाउँदो हुँ उ सँग भने खै कत्ति पनि रिस उठेन । सोधेको पनि थिए मलाई किन पागल भनेकी । उसले हाँस्दै भनेकी थिई लेखकहरु पागल हुन्छन रे अझ बढि प्रेमलाई बिम्ब बनाएर कलम चलाउनेहरु ।
उ आज भोली मलाई पागल भन्दीन पग्लु भनेर बोलाउँछे । पग्लु, अलिक राम्रो सुनियो नि हैन र ।
जे हेस हामी बिच आत्मीयता बढ्दैछ । फेरी सोच्छु आत्मीयता कि आकर्षण ? ह्या जे होस् बढ्न त बढेकै छ क्यारे । म उसलाई बारम्बार जिस्काउन थालेको छु । जिस्काउन मज्जा लाग्छ । अझ भनौन जिस्काउन भन्दा पनि जिस्किन पो त । मैले जिस्काउँदै गर्दा उसले भनि ‘धेरै न जिस्काउ है फेरी …’
‘फेरी के नि लाटी केटी ?’
‘फेरी लभ पर्छ क्या ’ उ पनि मसँग दोहोरी खेल्ने भएकी छ ।
म जसरी उसलाई लाटी केटि भनेर जिस्काउँछु आफै जिगिएको जस्तो लाग्छ । किनकी उ मैले भनेको जस्तो लाटी बिल्कुलै छैन । बस् उ फरक छे म भन्दा मलाई यसतै लाग्छ, उसलाई धेरै साथि बानाउन मनलाग्दैन, कलेजमा पनि धेरै सँग बोल्न मन पर्दैन, एकान्तमा बसेर गीत सुन्न मनलाग्छ यो सबै मैले भनेको हैन उसले सुनाएकी थिई मलाई । उसको नेचर साँच्चै फरक लाग्छ मलई पनि, म उ जस्तो बिल्कुलै बन्न सक्दीन तर सक्छु उसलाई बुझुन अनि बुझाउन कि म के हुँ ।
उसले एकदिन भनेकि थिई तिमीलाई थाहा छ मलाई सबै भन्दा बढि डर मर्न लाग्छ । अनि थाहा छ मर्न डराउनेहरु प्राय चाडै मर्छन रे नि । उसले यसो भनिरहँदा एकछिन त रनभुल्ल परे कता कता फिल्मी कुरा जस्तो पनि लाग्यो तर यो उसको वास्तविक्ता हो । सँच्चै नै उसलाई डर लाग्दोरहेछ । म उसलाई हँसाउन खोज्छु हर पल, हर क्षण उसैसँग बोलेर बिताउन चाहान्छु । उ मसँग यति ब्यस्त होस कि उसले मृत्युलाई नै भुलोस । यसको अर्थ यो हैन कि म उसलाई प्रेम गर्न थालेको छु । प्रेम त साथिलाई गरिन्छ नै तर त्यो वाला प्रेम हैन । मलाई पनि संसारमा सबै भन्दा डर केहि सँग लाग्छ भने त्यो हो ब्रेक अफ । अनि बिछोडको डरले प्रेम नगरि बस्ने डरपोक हुँ म पनि ।
तिमी त किताब लेख्दै छौ नि मलाई पनि तिम्रो उपन्यासको पात्र बनाईदिने पो हौ कि ? तिमीले यसो भनेको पनि मैले भुलेको छैन लाटी केटी । तर पनि तिमीलाई मेरो कथाको पात्र बनाएको छु । एउटा यस्तो कथा जहाँ शत प्रतिशत सत्य बाहेक केहि छैन । आश गरेको छु निराश बनाउने छैनौ तिमीले, मतलब मनपाई दिनेछौ यो मेरो कथा, तिम्रो कथा भनौन हाम्रो कथा । मन नपराए पनि तिमी पक्कै रिसाउने छैनौ थाहा छ, खै मैले आज सम्म तिमी रिसाएको देखेको छैन ।
यति कथा लेखिसकेको थिए कोठामा साथि आई पुग्यो, एक पटक सरर पढ्यो अनि मलाई हेरेर भन्यो ।
‘देखि भने ग्रलफ्रेण्ड रिसाउँदीन ?’
मैले हाँस्दै भने ‘छाड्दे, भए पो रिसाओस्’ उ एक पटक छक्क पर्यो । मैले उसलाई आफु तिर तान्दै कानको छेउमा गएर भने ‘मान्छेहरु आफ्नो अधिकार आफै खोस्दा रहेछन नि रिसाउने अधिकार कसैलाई सुम्पिएको छैन मैले ।’ यो पटक भने उ दुई छक्क पर्यो ।
अब यो कथा ब्लग मा पढ्दा पक्कै उ पनि तीन छक्क पर्ने छ ।
©Writer 

कथा : फेसबुक ईन्बक्समा रातो बत्तिको प्रतिक्षा

निकेश बराल 'भतिज'

काठमाडौं । आठ महिना बितिसकेछ म काठमाडौं छिरेको । नयाँ ठाँउ, नयाँ मान्छे, नयाँ साथिभाई । नयाँ जोस र उमंग त पक्कै लिएर आइको थिए । जीउन सिक्नु थियो यो, अन्जान सहरमा । किनकी मैलै सोचेको भन्दा बिल्कुलै फरक निक्लिदियो, यो सहर । दिनमा ढल्ने अनि रातमा जाग्नेहरुको सहर, मत्लबीहरुको सहर । मेरो काठमाडौं सहर । मेरो ? खै कँहाबाट आयो यो ‘मेरो’ भन्ने शब्द यहाँ। यहि त छ एउटा बानी, कमजोरी भनौ या खुबी । यो खुट्याउन म सक्दिनँ । जहाँ पुग्यो त्यही ठाउँ आफ्नै जस्तो लाग्छ ।
सबैलाई नयाँ साल लग्यो, तर मेरो भने खास कुनै प्लान थिएन, गरीहाल्नको लागी । कलेजका सथिहरु बिहानै बौद्ध तिर घुम्न गएछन् । खबर त आउँदै थियो तर कुनै चासो नदेखाएपछि उनिहरुले पनि ढिप्पि गरेनन् । अफिस पनि जानु थियो । बिहानको खाना खएर यसो फ्रेस भएँ अनि झोलामा ल्याप्टप बोकेर हिँडे, अफिस तिर। अफिमा पनि खासै काम भएन  अरुबेला ८ बजेसम्म हुने डिउटि  नयाँ वर्षको पहिलो दिन भएकाले ४ बजे नै सबैजना अफिसबाट निस्कने भयौँ । सिधै होस्टल पुगें ।
अब न काम, थियो न कुनै प्लान । होस्टलमा कति बस्नु एक्लै कोठामा, बोल्ने रुममेट पनि कोहि थिएन । बोर फिल भईरहेको थियो, बाहिर निस्कन मन लाग्यो । पल्लो रुमको एकजाना भाईलाई भने ‘बाहिर निस्किम कतै डुलेर आउं ‘। उस्को परिक्षा चल्दै रहेछ । जान मानेन । एक्लै लर्किए,पशुपति तिर । होस्टलबाट पशुपति त्यस्तै २५ मिनेटको बाटो हो । गाडि चड्न मन लागेन सम्झदै दिक्क लाग्दो, ठाउँ–ठाउँको जाम अनि भिड पनि उस्तै । हिँड्दै जाने सोच आयो । पशुपति अल्छि लाग्दा गइरहने ठाउँ भएकोले भित्रि बाटोहरु पत्ता लाईसकेको थिए । भीमसेनगोलाको पूल हुँदै तिलगंगा तिरबाट पशुपति छिरें । आर्यघाट अगाडीको पूलमा गएर उभिएं ।तीनवटा लाशहरु रहेछन्, दुईवटा जल्दै गरेका, एउटा चिता चढ्ने प्रतिक्षामा  । लाशहरुलाई हेरेर एकछिन मान्छेको जीवन बारे कल्पिएं । दिक्क लागेर आयो । धेरै सोचिरहन पनि मन लागेन । त्यहाँबाट उकालो लागें ।
सिंढीहरु गन्ने जाँगर चल्यो । एक, दुई, तिन, चार गन्दै अगाडी बढें, पाईला भनौ या सिंढी  । मनमा त्यही आर्यघाटको दृष्यहरु घुमिरह्यो । पछाडि फर्किएर हेरे धुवाँ बनेका मानब शरीरहरू। आलश्य लाग्यो । बिस्तारै बिस्तारै उकालो चढें । सिंढी गन्न भुलिसकेको रहेछु । माथि पुगेपछि एउटा क्याफेमा छिरें । ‘दाई चिया बनाईदिनुस्  न’,  ‘मिल्क टि है रङ्ग कडा’ । एकछिन क्याफेबाटै बाँदरहरुको चर्तिकला हेरीरहेको थिएँ । अचानक पछाडीबाट आबाज आयो ‘हेल्लो बराल जी’ । झसँङ्ग भएं, को आयो मलाई बोलाउन, यो मृगस्थली डाँडामा ?  ‘ओहो ऋतु जी ! तपाई पो ? कहिलेदेखि हो, काठमाडौ ?’ तपाई ? तँ–तँ र म–म चल्ने मान्छेलाई काँहाबाट तपाई भनेछु । भनिसके पछिमात्र याद भयो । तपाई भन्दा सायद उ पनि अचम्ममा परी होली । एकछिन अलमल परी । ‘भयो एक हप्ता जती । अनि तपाई चै नि ?’ लौ पर्यो फसाद । उस्ले तिमी भन्छे र सम्बोधनमा हतारोमा थपिएको आदर घटाउंला भनेर बनाएको योजना गर्भ मै तुहियो। उसले पनि तपाई नै भनी । ‘म त यतै तिर छु । भयो होला लगभग एक वर्ष ।’ वास्तविकता ओकल्नु थिएन, लगभगले नै काम चलाईदिएँ । ‘ए ए, भनेपछि बसाई सर्नुभएछ ।’ ‘मान्छेहरु मनबाटै त बसाँई सर्न पछि हटेनन् । म त ठाउँ मात्र सरेको हुँ । चिया मगाउँ ?’ भैगो चिया भर्खरै पिएँ, तर अझै भुल्नुभएको छैन ?’ ‘तिम्रो जस्तो कठोर मन हो र,भुल्नलाई।’ भन्न मन थियो । तर, कुरा मोड्न मन लाग्यो । अनि उस्को प्रश्नमा प्रतिप्रश्न गदै सोधें , ‘कती कामले आउनुभयो काठमाडौं ?’ ‘खासै केहि थिएन,धरायसी कामले आएकि थिएँ । भोलि बेलुका फर्किन्छु ।’
उफ ! म भन्दा हरेक कदममा अगाडि जानुपर्ने उस्को बानि अझै छुटेको रहेनछ । अब कहिले फर्कने भनेर सोधौला सोचेको थिएँ , प्रश्न नसोधी उत्तर आयो । अब के सोधौं अलमलमा परें । ‘फेसबुक स्टाटस त निकै हाल्नुहुन्छ त आजभोलि कतै प्रेममा त पर्नुभा होईन ?’ सायद मेरो मौनतालाई बुझेर उसैले कुरा अगाडी बढाई । ‘हजुर !’ उस्को अप्रत्यासित प्रश्नले म अलमलमा परें ।  दुई वर्षदेखि सम्पर्कविहिन मान्छेले फेसबुक स्टाटसको कुरा कोट्याउँछ भने अचम्म त लाग्छ नै । ‘प्रेम गर्न थालेको छु शब्दहरुलाई, त्यसैले त मेरो स्टाटसमा आउँछन् ।’ ‘कथा या उपन्यास नै किन लेख्नुहुन्न ?’ ‘राम्रै स्टोरी मनमा फुर्यो भने लेखौला कुनै दिन त्यो पनि ।’ ‘मेरो कथा लेख्नुहोस् न त ।’ ‘कसरी लेखौ आफ्नै बर्बादिको कथा ?’ ‘मैले त्यसो भनेकी छु र ? त्यही कथामा कसैको बाध्यता लुकेको हुन सक्दैन ?’
जसको फुइँ लगाएँ तिनले मलाई साथ दिएनन् । आखिर निशब्द भएर मौनता साधें । त्यहाँबाट भाग्न मन लाग्यो । तर उठिहाल्न पनि सकिन । वेटर तिर हेर्दै सोधें ‘दाई कति भयो पैसा ?’ वेटरलाई इशारा गर्दै टेबलमा पैसा राखि दिएँ । ‘ऋतु अब छुटौ होला । कता जानुहुन्छ तपाई ?’ ‘म एकछीन यतै बस्छु । बरु हजुरको सम्पर्क नम्बर दिन मिल्दैन ?’ ‘फेसबुक स्टाटस पढ्न सक्नेलाई सम्पर्कको लागी मोबाइल नम्बर सायदै नचाहिएला ।’ कति चाँडो मुखबाट फुत्किएछ । भनिसकेपछि पछुतो लाग्यो । उस्को पनि केही प्रतिकृया आएन । बस टाउको मात्र हल्लियो ।
साँझ पर्न थालेको थियो । ठाँउ ठाँउमा कन्सर्ट देखिन्थियो । सबै नयाँ बर्षलाई स्वागत गर्न तम्सिएका थिए । मलाई त्यो सबै कुराले कुनै प्रभाव पार्न सकेन, लोभ्याएन । खै कता–कता के गुमाएको जस्तो । बाटो भरी उसैलाई सम्झदै हिँडिरहें । अनेकौ कुराहरु मनमा आए । यदि उस्को बाध्यता थियो भने मलाई किन भनिन । हाम्रो प्रेमलाई नै लत्याउनु पर्ने के थियो उस्को बाध्यता । उस्को मन र नाम सायद मिलेको रहेछ ‘ऋतु’ समयसँगै परिवर्तन भईरहने । मनले यही निष्कर्ष निकाल्यो ।
होस्टल पुगें । बेलुकाको खाना खानेबेला भएको रहेछ । ‘खान मन छैन, बाहिरै खाएर आएको’ भनिदिएँ । कोठमा गएर ओछ्यानमा पल्टिए । ल्यापटप निकालेर फेसबुक खोलें । उसलाई खोज्नु थियो । धेरै पहिलेदेखि डिएक्टिभ गरेको फेस्बुक अकाउन्ट फेरी एक्टिभ गरेकिरैछ । हरियो थोप्लो बलेको छ कि भनेर हेरिहेरें । दुई दिन अगाडीदेखि बन्द छ । उस्का फेसबुकका भित्ता, कुना सबै निहालें । कुनै नयाँ पोष्ट थिएन । सबै पुराना, डिएक्टिभ हुनुभन्दा आगडीका । पुरानै भएपनि सबै फोटोहरु हेरें फेरी एकपटक । अघि निक्कै खस्रा कुरा गरेर कठोर देखिएको म अब उसैसँग बोल्न अतुर थिएँ ।
अपेक्षा फेरिपनि उही थियो, उसैले बोलाई दियोस् । उस्को प्रोफायलमा हरियो थोप्लो बलिदियोस् । भनिदियोस्, ‘निकेश के गर्दैछौ ?’ बस्, फेरी साइनो जोड्न के गर्नुपर्छ, जे भन्नु पर्छ त्यसको लागि म तयार थिएँ । प्रतिक्षामा छु, मेरो ईनबक्समा रातो बत्ती बलीदियोस्, उसैको म्यासेजले ।